मुख्य समाचार देश

ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते 

ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते 

काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्दा एक जना प्रहरी घाईते भएका छन् । घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए । उनीहरु गृहजिल्ला दोलखाका साथी हुन् ।


शुक्रबार राति ९ बजे कार्यालयभित्रकै एउटा कोठमा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पड्किएर श्रेष्ठको गालामा लागेको बताइएको छ । तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

 

घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको  ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ । उनी खतरामुक्त रहेको बताइएको छ । प्रहरी जवान श्रेष्ठ काठमाडौं विपद व्यवस्थापनमा कार्यरत छन् ।

 

घटनाका सम्वन्धमा अनुसन्धान गर्नका लागि  सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।


 

विशेष