नेकपाद्वारा दाङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको शनिबारको बैठकमा सो बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले बस दुर्घटनामा परी घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह पनि गरेको छ । त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शुक्रबार दाङको तुलसीपुर नगरपालिकास्थित राम्री भन्ने ठाउँमा शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरुको चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए ।
सोही बस दुर्घटनाप्रति सत्तारुढ नेकपा स्थायी समितिको शनिबारको बैठकले शोक व्यक्त गर्दै पीडित परिवारहरुप्रति समवेदना व्यक्त गरेको हो ।