कांग्रेस महासमिति बैठक : पाँचवटै दस्तावेज सर्वसम्मतिले पारित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकबाट पाँचवटै दस्तावेज सर्वसम्मतिले पारित भएका छन्।
पारित दस्तावेजमा पार्टीको विधान, आर्थिक नीतिको प्रतिवेदन, सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र राजनीतिक प्रतिवेदन रहेका छन्।
आइतबारको महासमिति बैठकमा सदस्यहरुले महामन्त्री पुर्ण बहादुर खड्काद्धारा पेश भएको विधान मस्यौदामाथि धारणा राखेका थिए ।
मंसिर २९ बाट सुरु भएको महासमिति बैठक आइतबार समापन हुँदै छ। पार्टी मुख्यालय सानेपामा महासमिति बैठकको समापन सुरु भएको छ।
महासमिति बैठक विधान मस्यौदामा विवाद हुँदा लम्बिएको थियो। समापन समारोहमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ।