राजनीति

 आन्दोलनका लागि तयार रहन महासमिति सदस्यहरूलाई सभापति देउवाको निर्देशन

 आन्दोलनका लागि तयार रहन महासमिति सदस्यहरूलाई सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् ।

सभापति देउवाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम चाँडै सार्वजनिक गर्ने भन्दै त्यसका लागि तयार रहन महासमिति सदस्यहरूलाई निर्देशन दिएका छन्। 


राजधानी काठमाडौंमा जारी महासमिति बैठक समापन समारोहमा बोल्दै सभापति देउवाले ओली सरकारले गलत काम गरिरहेकाले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

उनले महासमितिले पार्टीभित्र एकताको सन्देश दिएको पनि बताए। महासमिति सदस्यहरुले पार्टी भित्र धेरै विरोध गर्लान् भन्ने लागेको तर नगरेको भन्दै सदस्यहरूलाई उनले धन्यवाद दिए। 

 'सबै क्लस्टरले अधिकार पाएका र अब गाउँमा गएर सदस्यता बढाउनसके आगामी निर्वाचनमा कांग्रेसले जित्ने निश्चित छ ,’ उनले भने ।

 उनले पार्टीभित्र अन्तर्घात बढेको र यसमा सुधार गर्नुपर्ने पनि औँल्याए। वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकले पार्टीभित्र एकताको सन्देश दिएको उल्लेख गरे। अत्यन्तै लोकतान्त्रिक विधान आएको उल्लेख गर्दै पौडेलले पार्टी चलाउन भावनात्मक एकता पनि चाहिने बताए। 

जवाफमा सभापति देउवाले अब भावनात्मक एकता हुने कुरामा विश्वस्त हुन आग्रह गरे।

विशेष