राजनीति

नेकपाको विधानबाट ‘साम्यवाद’ गायब, नेता नेपालको आपत्ति

नेकपाको विधानबाट ‘साम्यवाद’ गायब, नेता नेपालको आपत्ति

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ गायब पारिएको छ। विधानबाट साम्यवाद हराएको विषयले स्थायी कमिटी बैठकमा प्रवेश पाएको छ। 

 

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानबाट ‘साम्यवाद’ गायब पारिएको भन्दै शनिबारको बैठकमा आपत्ति जनाएका छन्। ‘पार्टी अन्तरिम विधानबाट साम्यवाद भन्ने शब्द हटाएर कसरी कम्युनिस्ट पार्टी बन्न सक्छ ? साम्यवाद हटाएर किन विधान ल्याएको हो ? पार्टीको न्यूनतम र अधिकतम लक्ष्य हुन्छ । विधानमा वैज्ञानिक समाजवाद लेखेर साम्यवादमा पुग्न सकिन्छ ?’ बैठकमा नेता नेपालले प्रश्न गरे, ‘संसारभरिका कम्युनिस्ट पार्टीको विधान र दस्ताबेजमा समाजवादको अधिकतम बिन्दु साम्यवाद हो, त्यसलाई नै गायब पारेर कस्तो पार्टी निर्माण गर्न खोजेको हो ?’

 

नेपालले तत्कालीन एमालेको सातौं महाधिवेशनमा पनि आफूले अहिलेकै महासचिव विष्णु पौडेललाई विधानको मस्यौदा तयार गर्ने जिम्मा दिँदा ‘साम्यवाद’ भन्ने शब्द हराएको स्मरण गराए । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

नेकपा स्थायी कमिटी बैठक

विशेष