राजनीति

नेकपा नेता भन्छन् : विपीका छोराले हिन्दु राष्ट्रको कुरा उठाउनु आपत्तिजनक

नेकपा नेता भन्छन् : विपीका छोराले हिन्दु राष्ट्रको कुरा उठाउनु आपत्तिजनक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताले नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहसप्रति आपत्ति जनाएका छन्। 

 

अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएको पर्सीपल्ट सोमबार नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाएका हुन्।

 

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले कांग्रेसका संस्थापक नेता विपी कोइराला पुत्र शशांकले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक रहेको बताए।

 

पूर्वमन्त्रीसमेत रहेका गजुरेलले कांग्रेसलाई उल्टो वृद्धि आएको टिप्पणी गरे। ‘कांग्रेसलाई उल्टो वृद्धि आएको छ। राज्यको नजरमा सबै धर्मको स्टाटस बराबर छ।

 

विपीको छोराले हिन्दू राष्ट्रको कुरा उठाउनुभयो, यसले उहाँको क्रेज घटाइदिएको छ। यो बहस उचित छैन्’, उनले भने। गजुरेलले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाउँदै कांग्रेसलाई प्रश्न गरे, ‘फेरि २०१७ सालको वातावरण बनाउन खोजेको हो ?’

डा. शशांक कोइराला

विशेष