राजनीति

अब पार्टी र सरकार अझै सशक्त अघि बढ्छः प्रवक्ता श्रेष्ठ

अब पार्टी र सरकार अझै सशक्त अघि बढ्छः प्रवक्ता श्रेष्ठ

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् ।  

 

प्रेस संगठन नेपाल कास्कीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए। 

 

साङ्गठनिक एकिकरणका बाँकी कामलाई सम्पन्न गर्दै पार्टीलाई अझै सशक्त बनाउने, पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सम्बन्धमा छलफल भैसकेको उनले जानकारी गराए । 

 

बैठकमा उठेका विषयमा दुवै अध्यक्षले कुरा राखिसकेपछि उपयुक्त निष्कर्ष तय गरिने प्रवक्ता श्रेष्ठले बताए ।

 

उनले समृद्ध नेपाल निर्माणका लागि स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विदेशी राष्ट्रसँगको सम्बन्ध विस्तारका साथै दुवै छिमेकी राष्ट्रसँग समनिकटताका आधारमा अघि बढ्ने जानकारी दिए । 

 

प्रवक्ता श्रेष्ठले हालै सम्पन्न अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट केही महत्वपूर्ण सकारात्मक निर्णय गर्दै सङ्घीयता कार्यान्वयनलाई अघि बढाउन ठोस निर्णय गरिएको बताए ।

 

जन अपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको उनको भनाइ छ ।  

नेपाल कम्युनिष्ट पार्टी नारायणकाजी श्रेष्ठ

विशेष