राजनीति

कालिकोटका आगलागी पीडितलाई सहयोग गर्न विप्लवको निर्देशन

कालिकोटका आगलागी पीडितलाई सहयोग गर्न विप्लवको निर्देशन

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागी पीडितलाई सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। 


मंगलबार महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले  विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘कालिकोटका सम्पूर्ण पार्टी नेतारकार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न यसै विज्ञप्तिमार्फत निर्देशन गरिन्छ।’

 

सोमबार कालिकोटको पातलागाउँपालिका १ खाडागाउँमा आगलागी हुँदा ८७ घर पूर्ण रूपले ध्वस्त भई सातजना घाइते हुनुका साथै २८५ जना विस्थापित भएका छन्।

 

घटनाप्रति महासचिवविप्लवले यो दुःखद् घडीमा कालिकोटका अग्निपीडित जनतासँग आफूहरू साथमा रहेको पनि बताए।  

आगलागी पीडित नेत्रबिक्रम चन्द ‘विप्लव’

विशेष