अनि स्वामी आनन्द अरुणलाई भेट्न मनले मानेन (भिडियोसहित)
बौलाउन सम्भव छ पुनर्जन्म सम्भव छैन
कृषि वैज्ञानिक मदन राई यौनको मामिलामा उदार छन् । उनको ज्ञान र ओशो रजनीशले दिएका जीवन दर्शन औषतमा उस्ता उस्तै लाग्छन् । रजनीशबाट प्रभावित उनी एकपटक ओशो तपोवनमा स्वामी आनन्द अरूणलाई भेट्न पुगेछन् । हुन त उनी ध्यानकर्ता होइनन् । ध्यानले समाधी प्राप्त हुुँदैन भन्ने उनको फरक मत छ । यौनका कुरामा आफ्ना विचार मिलेर मात्र उनले ओशो रजनीशलाई गुरू मानेका हुन् । यही शिलशिलामा तपोवन पुगेका उनी तपोवनको आधुनिक शौचालय देखेर दिक्क भए । उनकै शब्दमा ‘गुहु, मुुत पसिना’ र तत्व ज्ञानको महत्व नबुुझ्ने व्यक्तिलाई उनी कुनै पनि हालतमा गुुरू मान्न तयार छैनन् । तसर्थ उनी दिक्क मान्दै फर्किए । वैज्ञानिक दृष्टिकोणमा के साँच्चै ध्यानबाट समाधी प्राप्त हुन्छ ? धर्म गुरूले फैलाएका अफवाह, ओशो रजनीशभन्दा मदन राई कुुन हिसाबमा अघि ? जस्ता प्रसंगमा नेपाल आजले कृषि वैज्ञानिक मदन राईसँग गरेको कुराकानीको मुख्यमुख्य अंश ।
तपाई कृषि वैज्ञानिक र राजनीतिज्ञ हुनुहुन्छ । तपाईंलाई धेरैले यौन विश्लेषक भनेर पनि चिन्छन् । कतिपयले योगी, ध्यानी र सन्यासीले ‘मदन राईले दायराबाहिर गएर यौनको बारेमा विश्लेषण गर्नुभयो, हाम्रो व्यापारमा हस्तक्षेप गर्नुुभयो’ भन्छन्, यसबारेमा तपाई के भन्नुहुन्छ ?
म एउटा सामान्य मान्छे हो । वास्तावमा म विशेषज्ञ होइन । यौनविज्ञ त झनै होइन । विज्ञानको विद्यार्थी हुनाले मलाई तत्वको ज्ञान भयो । मानिस उत्पत्तिको मुहान नै यौन हो । संसारमा सबैभन्दा बढी विकृति यौनबाटै आएका छन् । यौनकै कारण यौन हिंसा र महिला हिंसा हुन्छ । त्यसैकारण मैले यौन गर्ने मान्छे ठिक भएनन् भने सन्तान पनि ठिक हुँदैन भन्ने कुरा बुझेँ । मैले सिग्मड फ्रायडबादी, ओशो रजनीशको बारेमा धेरै अध्ययन गरेंँ । त्यही अध्ययन अनुभव गर्दा यौन त मानिसको निम्ति सबैभन्दा ठूलो आनन्दको मुहान रहेछ र यो बिग्रियो या यसलाई बुझिएन भने दुःख पाइने रहेछ भन्ने बुुझेँं ।
कहिलेबाट यौनसम्बन्धी अध्ययन गर्न थाल्नुभयो ?
मैले यूएनको पेन्सन पकाएर नेपाल फर्किदाँ नेपाल बनाउँछु भनेर फर्किएको थिएँ । त्यहाँ हुँदा पनि विकास किन भएन भन्ने चिन्ताले पोलिरहन्थ्यो मलाई । विकासको लागि सबै सिद्धान्त लागू गर्दा पनि किन देश विकास भएन भनेर अध्ययन गर्दा सबै कुरा यौनमै गएर ठोक्किएको देखेंँ । यहाँ किसानले ठगेका छन्, व्यापारीले ठग्ने नै भए, मजदुरले मालिक ठग्ने, मालिकले मजदुर ठग्ने, कर्मचारीले जनता ठग्ने, यो सबै प्रक्रिया हेर्दा समस्या जन्ममा नै रहेछ भन्ने निष्कर्षमा पुगेंँ ।
वास्तवमा जन्म भन्नु नै यौन हो । भगवानको प्रसाद भनेर नचाहिँदो बच्चा जन्माइएको छ । शिक्षामा पनि यौन शिक्षा अत्यन्तै जरुरी रहेछ । आफैं बाबु बनेँ र अहिले बाजे भएंँ । दुई पटक विवाह गरेँं । १३ वर्षमा गरिएको विवाह राम्रो भएन र अर्को गरेंँ । पछि धेरै महिला साथीहरू पनि भए । यौ सबै अनुभवले यौन आनन्दको पराकाष्ठ भएको थाहा पाएँ । मैले खोलेको विद्यालयमा यौन शिक्षा दिएकै कारण त्यहाँ कुनै पनि यौनजन्य हिंसा छैन । जान्न सक्यो भने जन्दगीमा सबैभन्दा आनन्द र दुःखको कुरा नै यौन रहेछ ।
तपाईंलाई ओशोको कुन कुरा घत लाग्यो ?
मैले यौनको कुरा अध्ययन गर्दा सिग्मण्ड फ्रायडको यौनका दर्शनबारे पढेंँ । त्यसै क्रममा रजनीशको ‘सम्भोग से समाधी’ भन्ने किताब पढेंँ । मलाई त्यो किताब एकदमै चित्त बुझ्यो । त्यो किताबमा सम्भोगबाट स्वर्ग जान पाइन्छ र स्खलनको समयमा स्वर्ग पुगिने भनेर त्यस किताबमा भनिएको छ । त्यो मलाई चित्त बुझ्यो । ओशो रजनीश उच्चस्तरका विद्वान हुन् । किताब विश्लेषण गर्ने र सजिलै बुझाउन सक्ने भएकाले उनी मेरो लागि गुरु भए । यौन सदाचार भएको करा उनले पनि उल्लेख गरेका छन् । बुद्धले यौन दूराचारभन्दा रजनीशले यो गलत भएको भनेका थिए । यो मेरो पनि धारणा हो । मभन्दा उच्च ज्ञान पाउनुभएकाले म उहाँलाई गुरु मान्छु । सबैजनाले कुनै एउटा स्वर्गीय आनन्द पाउँछन् भने त्यो यौन हो । रजनीशले यो कुरा खुलेरै भन्नुभयो । यो विचार मनपर्यो ।
ओशोको विचार भन्दा तपाईंको विचार कुन कुरामा अगाडि छ ?
मेरा विचार तत्व ज्ञानको कुरामा अघि छ । ओशोले गुहु, मुत र पसिनाको बारेमा बोल्नुभएको छैन । यो कुरा उहाँले विज्ञानको विद्यार्थी नभएर नि गर्नुभएन कि ? यो विषयमा न बुद्ध पुगे न रजनीश । संसार तत्वले बनेको छ । त्यो नाश गर्न सकिदैंन । यो कुरा कसैले पनि भन्न सकेको छैन । त्यसकारण तत्व ज्ञानको कुरामा यसमा म अलि अघि छु कि जस्तो लाग्छ ।
तत्व १ सय १८ प्रकारका छन् । यिनै तत्वले पञ्चतत्व बनेको छ । घाम, पानी आकाश, धर्ती र हावा । यो पञ्च तत्वको सन्तान रूख विरूवा हो । तिनै पञ्च विरुवाको सन्तान फेरि पञ्च प्राणी हो । यो तत्व एक आपासमा मिलिरहन्छ । जगत बनेको पञ्चतत्वले हो भने जीवन बनेको पञ्च अंगले हो । यत्ति जन्यो भने धेरै कुरा जानिन्छ । अहिले भएको समस्या नै गुहु, मुत र पसिनाको कारण हो । म जसले जेसुकै गरेपनि बाचुञ्जेल यो कुरा गरिरहन्छु । बोल्ने मात्र होइन अभ्यास गर्दै छु । तात्विक रुपमा प्रमाणित गरेरै म बोल्दै छु । बोल्ने क्रममा विभिन्न शब्दावलीको प्रयोग गर्दा मलाई धेरैले फोहोरी भन्छन् । धेरै कुामा म फरक छु जसको लागि म माफी माग्छु । सरकारले जेल होलोस् या कसैले गोली हानोस् म बोल्न डराउँदिन । गुहु र मुत फोहोर हुँदै होइन । फोहोर त भात हो । भात उत्पादन हुने धानले हो र धान उत्पादन हुने गुहुले हो ।
तपाईंको विचारमा अहिलेको मानव सभ्यताको इतिहासमा सबैभन्दा आधुनिक दर्शन ओशोकै हो ?
गुहु मुत र पसिनाबाहेक सबैभन्दा धेरै विषयमा उहाँले नै जीवन दर्शन दिनुभएको छ । उहाँकै आश्रममा पनि शौचालय आधुनिक छ । ओशोको आश्रमको ट्वाइलेट देख्ने बित्तिकै मलाई विरक्त लाग्यो । आश्रममा ध्यान गरिरहेको पनि देख्छु । ध्यान भनेको सुत्नुपर्ने हो । सुत्नु नै ध्यान हो र योग भनेको शरिर चलाएर काम गर्ने हो । कुनै पनि धर्म गुरूसँग मेरो कुरा मिल्दैन । जहाँ दिशा गर्ने आधुनिक चर्पी देख्छु मलाई विरक्त लाग्छ, तत्वज्ञान नभएको व्यक्तिलाई म गुरु मान्नै सक्दिन । ओशो तपोवनमा अरुणजीलाई भेट्न गएको थिएँ । शौचालय देखेर भेट्न मन लागेन । मेरो लागि तत्व ज्ञान नभएका व्यक्ति अर्धज्ञानी हुन् ।
ओशो तपेवनमा के भएको भए अझै राम्रो हुन्थ्यो ?
गुहु, मुत र पसिनालाई चक्रमा हालेको भए म राम्रो मान्थें । तत्वलाई केन्द्रमा नहालेपछि जंगलमा हाल्नुपर्ने गुहु ,मुत सेप्टी ट्यांकीमा जान्छ जसले राम्रो गर्दैन । म प्रर्थाना धेरै गर्दिन । ध्यान पनि गर्दिन । म कि काम गर्छु कि सुत्छु । सबैभन्दा धेरै राम्रो ध्यान सुत्नु हो । आनन्दले सुत्नुजति राम्रो अरू केही होइन । त्यहाँ अरूण स्वामीलाई भेट्न पुगेको म शौचालय देखेर दिक्क भएर स्वामीलाई नभेटी फर्किएँ ।
केही धर्म गुरुले ध्यानको माध्यमबाट मरेको मान्छेसँग साक्षात कुरा गर्ने र पूनर्जन्म हुने कुरा गर्छन् । तपाईंलाई विश्वास लाग्छ ?
म अनौठो मान्छे छु । तर विज्ञानको तत्वले हेर्दा मेरो शरिर तत्वले बनेको छ । म मरेपछि सबै टुक्रा टुक्रा हुन्छ । शरीर भनेको देखिने हो र शरीरको तत्व टुक्रिएर भोलि माटो, विरुवा आदिको रुपमा जान्छ । आत्मा भनेको तरंग हो जुन देखिदैंन । मेरो आत्माको पनि एक रुप हुन्छ । शरीर टुक्रिनासाथ त्यो पनि फेरि टुक्रिन्छ । नटुक्रिने हो भने मेरा मरिसकेका बाबुबाजे ‘ओइ मदन’ भन्दै आउथे होला ।
तपाईं वैज्ञानिक पनि हुनुहुन्छ, वैज्ञानिक दृष्टिकोणबाट हेर्दा बुुद्धत्व प्राप्त गरेको मान्छेले मृत आत्मासँग साक्षात्कार गर्न सम्भव छ ?
बौलाउन सम्भव छ तर यसरी मरेको मान्छेसँग साक्षात्कार गर्न सम्भव छैन । आत्मा टुक्रिसकेको हुन्छ । हुबहु त हुँदै हुँदैन । आत्मा भनेको तरंग हो । त्यो देखिदैंन । क्वान्टम थ्योरीले यो पनि प्रमाणित गरिसकेको छ । आत्माको रुप बदलिएर आत्माको तरंगले अरु आत्मा बनेको हुन्छ तर हुबहु हुँदैन । म चाहीँ पूनर्जन्म हुन्छ भनेर विश्वास गर्नु बौलाउनु हो भन्छु । ध्यानबाट समाधी प्राप्त गर्न कसैले सक्दैन । तर यौनबाट समाधी सबैले प्राप्त गर्न सक्छ ।
बुद्ध धर्मका गुरूहरू रिम्पोचेहरु आफ्नो पूनर्जन्म भएको भन्छन्, हिन्दू धर्ममा पनि लाखौं जुनी पार गरेपछि फेरि मानव जीवन पाइन्छ भनिन्छ, यो बुझेरै भनिएको हो ? पूर्नजन्मका बारेमा प्रष्ट पारिदिनुस् न ।
यो सबै अज्ञानताको पराकाष्ठ हो । म शंकाराचार्य, रिम्पोचे धेरैकोमा पुगेको छु । उहाँहरू वास्तावमै धरै ज्ञानी हुनुहुन्छ र तर उहाँहरुले गर्नुभएको कुरा र काम तत्व र विज्ञानसँग मिल्दैन ।
कति गुरूहरुले ‘म पहिलो जन्ममा बिहारको राजा थिएँ’ भन्नहुन्छ । उहाँहरूले ठग्नुभएको हो कि के हो ?
यो सबै भ्रम हो । पूनर्जन्म हुन्छ नै भन्ने छ भने कति कायापलाट हुनुपर्ने । विशिष्ट प्रतिभाहरु फेरि जन्मँदा फेरि क्रान्तिकारी काम गर्नु पर्ने । त्यस्तो त भएको छैन । मानवीय गलत व्यवहारले प्रकृति समाप्त हुने बेला भइसकेको छ । हावा, आकाश, पृथ्वी सबै सकिन लागिसक्यो । यो हुुने भए म बिल गेट्स भएर जन्मिन पाए हुन्थ्यो भनेर मर्थें । तत्वको हिसाबले म पूनर्जन्ममा विश्वास गर्दिनँ ।
केही साधुसन्तहरु अक्सिजनबिना पनि लामो समय जीवीत भएको दावी गर्नु हुन्छ । के यो सम्भव छ ?
एकजना मान्छे अक्सिजनबिना बाँच्न सक्ला तर सबै सक्दैनन् । एकजना चमत्कारी भएर अरुलाई काम नै लाग्दैन । वैज्ञानिक हिसाबले अक्सिजनले ब्लडमा गएर काम गर्ने हो । यसका धेरै कामहरू छन् । यो बिना बाँच्न सक्नुु महाअपवादको रुपमा उहाँहरुको शरीरको बनावट त्यस्तै होला । तर मानवको लागि यो सम्भव छैन । उहाँको दर्शन मलाई थाहा छैन । अरुले विश्वास गरे पनि म विश्वास गर्दिनँ ।
रामबहादुर बमले बिहारमा बसेर पानी पनि नखाई तपस्या गरें भन्ने दाबी गर्नु भयो, यस्तो सम्भव छ ?
सम्भव हुन सक्छ । सबैको शारीरिक बनावट एउटै हुन्छ भन्ने छैन । कसैले अक्सिजन मात्र लियो भने पनि पुग्छ । ठूलो उमेर पुगेपछि र मासुु, हड्डी बन्ने काम सकिएपछि पानी या अक्सिजनलेमात्र पनि बाँच्न सकिछ । हावामा सबै खालको तत्वहरू छ । अक्सिजन पर्याप्त छ ।
भारतका गुुरु र नेपालका गुरुलाई महिलालाई यौन शोषणको आरोप लाग्ने गरेको छ । तिनै साधुहरु यौनदेखि टाढा हुने गर्छन्, यौनबाट टाढा हुन सम्भव छ ?
मानिसमा यौनजन्य हर्मोन कति छ त्यसमा पनि भर पर्छ । सेक्स हर्मोन धेरै हुनेहरू सेक्स नगरि बस्न सक्दैनन् । थोरै हुनेहरु सक्छन् । पहिलाका गुरुमा त्यो हर्मोन प्रशस्त थिएन होला र उनीहरूले सम्भोग गरेनन् । पछि अन्य गुरूले सम्भोग गर्न नहुुने भ्रम पाल्न थाले ।
पूनर्जन्म सम्भव छैन भन्नुुभयो, नेपालमा ओशो तपोवनका आनन्द अरुणले आफ्नो पूनर्जन्म भएको र मृत आत्मासँग साक्षात्कार गरेको भन्नुहुन्छ, तपाईंलाई के लाग्छ ?
उहाँको आफ्नो विश्वास हो तर यो उहाँको भ्रम हो । हिन्दूूधर्ममा बुद्ध विष्णुको अवतार हो भनिन्छ भने अहिलेका गुरुले रजनीश बुद्धको अवतार भन्ने गर्छन् । भ्रममा बाँचेका मान्छेले दाबी गर्नु र आफैंले भन्नुमा फरक छ । रजनीशले आफूूलाई कहिल्यै बुद्धको अवतार भनेनन् । अझै बुद्धले त भनेकै छैनन् । उनले त आफूलाई पूूजा नै नगर भनेका थिए ।
यौन र भ्रष्टाचार कसरी जोडिएको छ ?
भयंकर जोडिएको छ । यौनसम्पर्क राख्नको लागि पैसा चाहिन्छ , पैसाको लागि भ्रष्टाचार गर्छन् मान्छेहरू । यदि अहिलेकै किताब घोेकाउने शिक्षा हुने हो भने अबको २० वर्षमा २० लाख वेश्या हुन्छन् । वेश्या परिचालन गर्ने एक करोड गुण्डा हुन्छन् । सरकार त्यही गुण्डाको पछि हुन्छ । यौन भनेको मानवको सबै कुरा हो । त्यसकारण यसको शिक्षा ज्ञान र सहि सदुपयोग हुनुपर्छ ।
बलात्कार र यौनसँग के सम्बन्ध छ ?
बलात्कार भनेको चार्ज हो । १२ वर्ष पुगेपछि हाम्रो जवानी शुरु हुन्छ । महिलामा यौन चाहना अघि पनि हुन्छ तर महिनावारी पछि खपिनसक्नुगरि हुन्छ । केटामा ‘नाइट फल’ हुन्छ । घरमा आमाबाबु छोरी सबै हुन्छन् । कुनै व्यक्तिमा प्रशस्त सेक्स हर्मोन छ भने उसलाई चार्ज भएको समयमा आमा नै भएपनि उसले सहन सक्दैन । सहन नसकेको खण्डमा केटीहरूले जबरजस्ती गरेको आफूले पनि भोगेको छु र देखेको छु ।
बलात्कारबाट कसरी बच्ने ?
भाग्ने उपाय छ भने भाग्ने । उपाय छैन या एक्लो केटा छ भने फकाएर मलाई मन छैन रजस्वला भयो पछि भेटौंला भन्ने । यदि यो पनि भएन भने उनीहरुको लिंग हलुका चलाईदिएर स्खलन गराई दिने अनि त्यो आफैं भागिहाल्छ । धेरै मान्छे छन् भने पालैपालो फकाउने । यति गर्दा पनि भएन भने अण्डकोष च्याप्पै समातेपछि त्यो त हल्लिन पनि सक्दैन । धेरै उपाय छ तर आफू डराउनु हुँदैन । लोग्ने मान्छे स्खलित भएपछि केही पनि गर्न सक्दैन । आत्तिएर करायो भने झनै बिग्रिन्छ । मान्छेले बुझ्यो भने गाह्रो छैन । अनेक कुुरा छ तर मान्छेले यो कुरालाई कुण्ठित बनाएका छन् ।
तपाईको विद्यालयमा पनि यौन खुल्ला छ ?
१२ वर्ष पुगेपछि विद्यार्थीलाई मैले मेरो विद्यालयमा यौन शिक्षा दिने गरेको छु । विद्यालयमा तरुनी तरुना थुप्रै छन् । उनीहरुमा यौन शिक्षा प्रशस्त छ । खुल्ला रुपमा एक अर्काबीच मित्रता छ भन्ने सुुनिन्छ । १६ वर्षदेखि मैले फ्रि गरिदिएको छु । विद्यार्थी २४ घन्टै सिक्नमा व्यस्त हुन्छन् । अलि अलि जोडी पनि देख्छु । उनीहरूबीच के कस्तो सम्बन्ध हुन्छ म हेर्न जादिनँ ।