मुख्य समाचार राजनीति

सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्धारा खारेज 

सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्धारा खारेज 

काठमाडौं । स्वतन्त्र मधेस देश बनाउने भन्दै अभियान थालेका सिके राउतलाई रिहा गर्न परेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।  

 

 

राउतको निवेदनमा सुनुवाई गर्दै न्यायाधीशद्धोय दीपकराज जोशी र बमकुमार श्रेष्ठको इजलाशले उनलाई साधारण तारेखमा रिहा गर्न अस्वीकार गरेको हो।

 

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष राउतलाई असोज २१ मा जिल्ला प्रहरी कार्यालय, रौतहटले पक्राउ गरेको थियो । पक्राउ परेपछि राउतका तर्फबाट कात्तिक १२ गते सर्वोच्चमा बन्दीप्रत्यक्षिकरणको मुद्दा दायर भएको थियो। 

 

 

जिल्ला अदालत गौरमा चल्दै गरेको मुद्दाको तारेख लिएर फर्किँदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। स्वतन्त्र मधेशको नारा लगाउँदै राउतले भड्किलो वक्तव्य दिँदै आएका भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।


राउतलाई रौतहट जिल्ला अदालतमा राज्यविरुद्धको संगठित कसुर मुद्दामा बयानका लागि उपस्थित गराउनसमेत सर्वोच्चको आदेशमा भनिएको छ। सर्वोच्चले जिल्ला प्रहरी कार्यालय रौतहटमार्फत उनलाई अदालत पेस गर्न भनेको छ।

विशेष