राजनीति

वर्तमान सरकारविरुद्ध तरुण दलको प्रदर्शन 

वर्तमान सरकारविरुद्ध तरुण दलको प्रदर्शन 

हेटौँडा  । नेपाल तरुण दल मकवानपुरले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध हेटौँडामा विरोध जुलुस निकालेको छ। 

 

 

हेटौँडा–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस हेटौँडा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरअगाडि पुगेर कोणसभामा परिणत भएको थियो । 

 

 

देशमा सुशासनको प्रत्याभूति दिलाउन नसकेको, संघीयता धरापमा पारेको भन्दै तरुण दल मकवानपुरले वर्तमान सरकारको विरोध गरेको छ । 

 

 

कोणसभालाई सम्बोधन गर्दै तरुण दल मकवानपुर सभापति ईश्वर पाठकले दुईतिहाइ नेतृत्वको वर्तमान सरकारले मुलुकलाई अस्तिरतातर्फ धकेलेको भन्दै विरोध गरे ।

 

उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको कारण सरकारविरुद्ध देशभर जनमत सिर्जना भएको दाबी गरे । 


उनले वाइडबडी खरिदमा भएको घोटला भएको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड रुपैयाँ बराबरको गाडी किन्ने निर्णयको कारण वर्तमान सरकार अलोकप्रिय भएको दाबी गरे। ‘


सोमबार नै तरुण दलले विभिन्न मागसहितको ज्ञापनपत्रसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ ।


 

विशेष