मुख्य समाचार राजनीति

प्रधानमन्त्रीले धर्मप्रचारक संस्थाको पुरस्कार लिनु भनेको मुलुकको अपमान हो : विवेकशील साझा 

प्रधानमन्त्रीले धर्मप्रचारक संस्थाको पुरस्कार लिनु भनेको मुलुकको अपमान हो : विवेकशील साझा 

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म प्रचारक संस्थाले दिएको पुरस्कार लिएकोमा देशको अपमान भएको बताएका छन् । 

 

 

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री ओलीले ग्रहण गरेको पुरस्कार सम्मान नभई अपमान भएको बताएका छन् । 


तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो प्रधानमन्त्रीज्यु, यो त अति भयो । उनले लेखेका छन् , ‘ तपाईं देशको प्रधानमन्त्री , हामी सबैको प्रधानमन्त्री। देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर निहुराउने , धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ?  ’

 

संयोजक मिश्रले मुलुकमा वर्तमान सरकारलाई लिएर खराब नेतृत्व र कुशासनका लागि दिनहुँ आलोचना भइरहेको बताएका छन् । उनले भने, ‘ धर्म प्रचारक संस्थाले दिएको पुरस्कारको लागि शिर निहुराउने , त्यसमा पनि देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला ूनेतृत्व र सुशासन पुरस्कार, लिन अफ्टेरो लागेन ?’

 

प्रधानमन्त्रीलाई वर्तमान स्थितिमा भ्रममा नरहन आग्रह गर्दै उनले भने, ‘ कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?  हुनत, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। संभवतः हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नुभएको होला। तपाईंको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन। ‘’

 

प्रधानमन्त्री ओली राजधानीमा भएको एसिया प्यासिफिक समिट समापन समारोहमा आइतबार युनिफिकेसन चर्चकी प्रमुह हक जा हान मुनबाट १ लाख डलर राशिका ‘लिडरसिप एन्ड गभर्नेन्स ’अवार्ड र सम्मानपत्र लिएका थिए । 

 

 

 

विशेष