मुख्य समाचार राजनीति

सरकारलाई राजपाको प्रश्न : लाखौं संख्यामा रहेका सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि हो ?

सरकारलाई राजपाको प्रश्न : लाखौं संख्यामा रहेका सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि हो ?

काठमाडौं ।  राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले चाँडै नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । 

 

 

 

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कणले अबको चार दिनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने दाबी गरे । 

 

 

उनले भने,‘अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । हाम्रो पार्टीको अब बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

 

 

आफूहरुले सरकारमा जानको लागि यो सरकारलाई समर्थन गरेको होइन । उनले भने,‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएको हो । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल नै गरेको छैन् । त्यसैले अब समर्थन  कायम राख्नुपर्ने औचित्य छैन् ।’


उनले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाए । उनले भने,‘सरकारले कुनैपनि गतिलो काम गर्न सकेको छैन् । स्थानीय सरकारमा अहिले विकास रकमको चरम दुरुपयोग भएको छ । बास्तवमा भन्ने हो भने यो सरकारले राम्रो काम केहीपनि गर्न सकेको छैन् ।’ 

 

 

सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको उनको आरोप छ । उनले भने,‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आजपनि चर्चित नै छ । यो कसको कमजोरी हो ? एउटा बच्च बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन् । अनि यो भन्दा निकम्मा सरकार अरु को होला ? यो देशमा यतिका प्रहरी छन् । सशस्त्र प्रहरी छन् । सेना छ । लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन् । अझ नपुगेर भर्ना गरिँदैछ । के को लागि ? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि ?’

 

 

साँढे ३३ केजी सुन तस्करी प्रकरण अहिले सेलाएको भन्दै सरकारकै कारण यो प्रकरण सेलाएको उनको आरोप छ । उनले थपे,‘अहिले त जेलमा भएकाहरुपनि धमाधम छुट्दैछन् ।’

कर्णले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाए । उनले भने,‘यदि प्रधानमन्त्री वा अरुले बरु क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । 

 

 

 

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले क्रिष्चियन धर्म प्रचार संस्थाले आयोजना गरेको कार्यक्रममा राज्य संयन्त्रको परिचालन हुनु आपत्तिजनक रहेको बताए । 

उनले यो घटनाले मुलुकमा जातीय द्धन्द्ध  निम्त्याउन सक्नेतर्फ पनि सचेत गराए । प्रधानमन्त्री ओली सो कार्यक्रममा सहभागी भएकोमा अध्यक्ष राणाको आक्रोश छ ।

अध्यक्ष राणाले द्वन्द्वको चपेटाबाट भर्खरै मुक्त भएको मुलुकमा पुन जातीय द्वन्द्व ल्याउने गरी सरकार एसिया प्यासिफिल समिटमा सहभागी भएको पनि बताए । 

विशेष