मुख्य समाचार राजनीति

‘विवादास्पद युनिभर्सल पिस फेडेरेशनको कार्यक्रम नेपालमा हुनुले  ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा छ भन्ने आशंका लागेको छ : पूर्वमन्त्री विश्वकर्मा

‘विवादास्पद युनिभर्सल पिस फेडेरेशनको कार्यक्रम नेपालमा हुनुले  ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा छ भन्ने आशंका लागेको छ : पूर्वमन्त्री विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले विवादास्पद युनिभर्सल पिस फेडेरेशन (यूपीएफ) ले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ति जनाएका छन् ।

 

 

 

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा काँग्रेस नेता विश्वकर्माले विवादित संस्था यूपीएफले आयोजना गरेको एशीया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओली आफैं सहभागी भएबाट नेपाल सरकार विश्वमै दृष्टिकोणविहिन सरकारको रुपमा परिचित भएको दावी समेत गरे ।

 

 

 

नितान्त धार्मिक आईएनजिओले गरेको कार्यक्रम र त्यसमा पनि क्रिश्चियनहरुभित्रै विवादित संस्था भएकोले उक्त संस्थालाई आम क्रिश्चियनहरुले पनि नपत्याएको उल्लेख गर्दै उनले भने,‘यो संस्थाले अकुत सम्पत्ति कमाएको र कर छली गरेकोले यसका संस्थापक जेल परेका थिए । उत्तर कोरिया र दक्षिण कोरियाबीच जासुसीको काम गरेकोले उनलाई प्रतिबन्ध लगाईएको थियो । यो संस्थाले धेरै पैसा उठाएको छ । यो पैसा कहाँबाट आउँछ ?’

 

 

 

यूपिएफ जस्तो कर छलीलगायतका आरोपमा फसेको संस्थालाई नेपालमा कार्यक्रम गर्न लगाएर सरकारले दुई छिमेकी मुलुक भारत र चीन तथा विश्वका कूटनीतिक महत्व राख्ने विभिन्न मुलुकहरुको नेपालप्रतिको विश्वासलाई समेत टुटाएको काँग्रेस नेता विश्वकर्माको तर्क छ ।

 

 

 

उक्त संस्थाको आफ्नै ‘ग्लोबल गभर्मेन्ट’ रहेको पनि उनले सुनाए । उनले भने,‘यो संस्थासँग कार्यपालिका पनि छ । लेजिस्लेचरपनि छ । खाली जुडिसियल छैन् । नेपालमा यो सम्मेलन सम्पन्न भएसँगै कतै यसको ‘ग्लोबल–हेडक्वार्टर’ नेपालमा त छैन भन्ने आशंका लाग्न थालेको छ ।’
संस्थाका प्रमुखलाई उत्तर कोरिया, जापान र बेलायत जान प्रतिबन्ध गरिएको बताउँदै उनले उनकै कान्छी श्रीमती मुनलाई नेपालमा ल्याएर आर्शिवाद लिनु गलत भएको टिप्पणी गरे ।

उनले भने,‘नेपालको ईतिहाँसमा यो राजनैतिक र कुटनैतिक रुपमा अर्को ठूलो भुकम्प हो । विश्वभरि नेपालबारे अब सबैभन्दा कमजोर दृष्टिकोण भएको सरकार हो भनेर मेसेज गएको छ । हाम्रो प्रधानमन्त्री त चार रात प्रधानमन्त्री निवास छोडेर होटेलमा गएर बस्नुभयो । अरु देशमा मन्त्रीहरुपनि नजाने कार्यक्रममा हाम्रो देशका प्रधानमन्त्रीले त निवास नै छोडेर जानुभयो ।’

 

 

 

नेपालका हिन्दूहरुमा धार्मिक सहिष्णुता भएरमात्रै केही अप्रिय घट्ना नभएको नत्र सम्मेलनका पाहुनाहरु सोल्टी होटेल छिर्न पनि पाउँदैन थिए भन्दै उनले सुनाए । उनले भने,‘हिन्दूहरुमा धार्मिक सहिष्णुता नभएको सम्मेलनका पाहुनाहरु होटलमा छिर्नपनि पाउँदैन थिए । न त छिरेका मान्छेहरु बाहिर नै आउन पाउँथे ।’

फरक प्रंसँगमा उनले डेढ महिना अघि मुलुकका विशिष्ट व्यक्तिहरुलाई घुँडा टेकाएर दशैंको टिका लगाईदिने अनि आज आएर तीनैले मुनसँग आर्शिवाद लिन आउन स्थानीय सरकार र प्रदेश सरकार प्रमुखहरुलाई पनि उर्दी जारी गर्नु हाँस्यस्पद भएको टिप्पणी गरे । 

विशेष