मुख्य समाचार समाज

प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा जाहेरी लिएर पुगे अधिवक्ता 

प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा जाहेरी लिएर पुगे अधिवक्ता 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘धर्म परिवर्तन उद्योग’ गरेको अभियोग लगाउँदै एक जना प्रहरीकोमा जाहेरी लिएर पुगेका छन् । 

 

 

 

शनिबार सकिएको एसिया प्यासिफिक समिटमा नेपाली जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं बाध्य पार्ने किसिमको गतिविधि भएको भन्दै अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले जाहेरी दर्खास्त दिएका हुन् ।

 

 

मंगलबार मध्यान्ह मुलुकी अपराधसंहिता–२०७४ को दफा १५८ को १, २ बमोजिम प्रधानमन्त्री ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालविरुद्धको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्विकार गरेको छ ।  

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले जाहेरी दर्ता गर्नुको साटो लिन अस्वीकार गरेका छन् ।

 

 

भर्खरै काठमाडौंमा सम्पन्न ‘विवादित’  एसिया प्यासिफिक समिटमा आम नेपालीलाई क्रिस्चियन धर्मप्रति आकर्षित एवंं बाध्य पार्नेगरी गतिविधिगरेको  भन्दै अधिवक्ता पोखरेलले अनुसन्धान गरेर कानुन अनुसार कारवाहीको माग गर्दै जोहेरी दिएका हुन् ।

सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडरेशन (युपिएएफ) का अध्यक्ष  ढकालविरुद्ध पनि अधिवक्ता पोखरेलले ‘धर्म परिवर्तन उद्योग’ मुद्दामा कारबाही गर्नुपर्ने जाहेरीमा उल्लेख गरेका छन् ।

 

 

उनले जाहेरीमा भनेका छन्, ‘लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै पुरस्कार र तक्मा दिने, अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति कायमका लागि कार्यक्रम गर्ने गराउने भन्दै आयोजक बनेर प्रधानमन्त्रीको उपस्थितिमा ५ दिनसम्म होटल हायालमा क्रिष्चिय सम्मेलन गरेर जनतालाई क्रिष्चियन धर्मप्रति आकर्षित एवं आस्था राख्न बाध्य पार्ने तरिकाले नेपालका उच्च पदाधिकारी, उच्च ओहोदाका कर्मचारी राष्ट्रसेवक एवं मेयर, उपमेयरलाई सम्मेलनमा बोलाएर सच्चा माता भनिने मुनबाट आर्शिवाद समेत लिने काम भएको छ ।’

 

 ‘मुलुकी अपराधसंहिता २०७४ अनुसार धर्म परिवर्तन गराउन नहुने कार्यमा सरिक भएर मतियार भई विवादित संस्था युनिभर्सल पिस फेडेरेशनको अवार्ड, उपहार र तक्मा समेत लिने कार्य संविधानको धारा २७७ विपरितको कार्य हो ,’ जाहेरीमा लेखिएको छ । 


उनले उक्त कार्य संवैधानिक व्यवस्था विपरित स्वयं राष्ट्रको सम्मानित प्रधानमन्त्रीज्यू र उहाँका मन्त्रिमण्डल नै उपस्थित भई उहाँकै रोहबरमा विदेशी संस्थाले नेपालभित्र क्रिस्चियन धर्म प्रचार गराई आशीर्वाद दिने कार्य काुनुन विपरित भएको उल्लेख गरेका छन् ।

विशेष