राजनीति

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ  : मुख्यमन्त्री

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ  : मुख्यमन्त्री

इलाम ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् ।  

 

 

मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उनले  केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिए । 

 

 

किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५ औँ जन्मोत्सवका अवसरमा मंगलबार यहाँस्थित माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिए । 

 

 

“हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं”, उनले भने , “आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।” 

योजना तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताए ।  

माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पारे । 

विशेष