राजनीति

सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयतामा केही समस्या देखिएको हो : मन्त्री ज्ञवाली 

सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयतामा केही समस्या देखिएको हो : मन्त्री ज्ञवाली 

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयताको अभ्यासमा केही समस्या देखिएको बताएका छन् ।

 

 

 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयताको अभ्यासमा केही समस्या देखिएको बताए । 

 
सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी छिटै नै अन्तरप्रदेश समन्वय परिषद्को बैठक मार्फत् समाधान गरिने उनले बताए ।

 

 

मन्त्री ज्ञवालीले निर्वाचन अघि नै संरचना र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा पनि प्रदेश सरकारको कार्यसम्पादनमा प्रभावकारिता नदेखिएको बताए । 
सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको समस्या हल गर्ने विश्वास व्यक्त गर्दै मन्त्री ज्ञवालीले प्रदेश लोक सेवा आयोग गठनपछि दीर्घकालीन रुपमा समस्या सामाधान हुने बताए । 

 

 

विद्यमान संरचनामा २५ हजार कर्मचारी अपुग रहेको तथा अवकासका लागि इच्छुक सङ्ख्या १० हजार रहेको बताउँदै मन्त्री ज्ञवालीले समस्या समाधानका लागि केन्द्र सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय र प्रदेश सरकारले निश्चित तहसम्मका कर्मचारी भर्ना र खटनपटन गर्न पाउनु पर्ने भन्दै उनले संविधानमा रहेको अस्पष्टता हटाएर भए पनि प्रदेश लोक सेवा आयोग गठनको बाटो खोलिने बताए । 


भेटघाट कार्यक्रममा प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव र सचिवको सहभागिता रहेको थियो । 

विशेष