मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक छः अध्यक्ष वैद्य
रुपन्देही । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समिति बैठकले मुलकमा नयाँ जनवादी क्रान्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुटवलमा सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नयाँ क्रान्ति आवश्यक रहेको निष्कर्ष निकाल्दै सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
मङ्सिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको बैठकले गरेको निर्णय आज बुटवलमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
बैठकले हत्या, हिंसा, बलात्कार, आदिवासी जनजाति, उत्पीडित वग, सीमा अतिक्रमणलगायतका विषयलाई लिएर देशव्यापीरुपमा सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको छ ।
सन् १९५० लगायतका असमान सन्धि सम्झौताको खारेजी, सीमा अतिक्रमणविरुद्धमा मेची महाकाली राष्ट्रिय जनजागरण कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै, बैठकले साझा मुद्दामा विभिन्न राजनीतिक शक्ति तथा पक्षसँग मिलेर संयुक्त सङ्घर्षका कायक्रम गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्य ‘किरण’ ले मुलुकलाई अर्धसामन्ती अवस्थाबाट मुक्ति दिलाउन नयाँ क्रान्तिको आवश्यक रहेको बताए ।
मुलुकमा रहेका सच्चा कम्युनिष्टलाई गोलबन्द गर्ने प्रयासमा रहेको भन्दै उनले तत्काल नेत्रविक्रम चन्द ‘विप्लब’ ले नेतृत्व गरेको पार्टीसँग भने एकता नहुने बताए ।
मोहन वैद्य नेकपा (क्रान्तिकारी माओवादी)