कला साहित्य

नारायण गोपालको २८ औं स्मृति दिवस आज

नारायण गोपालको २८ औं स्मृति दिवस आज

काठमाडौं । स्वरसम्राट नारायण गोपालको बुधबार २८ औं स्मृति दिवस मनाईँदैछ । 

 

 

 

वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको  थियो ।

 

 

 

संगीतका हरेक विधाका गीतमा दिएको अद्भूत स्वरका कारण उनी नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक सफल गायक सावित भएका छन् । आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका उनले स्वर सम्राटको उपाधि पाएका थिए । 

 

 

विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिए ।

 

 

उनले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाएका छन् ।  नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिएका छन् ।  उनका गीत आजका दिनमा समते उत्तिकै सान्दर्भिक छन् । उनका गीत नेपाली सांगीतिक क्षेत्रमा सदैव उत्कृष्ट ठहरिदै आएका छन् ।

 

 

 

नारायण गोपाल संगीत कोषले प्रत्येक वर्ष उनको स्मृति दिवसका दिन विभिन्न सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । 

विशेष