मुख्य समाचार देश

बुधबार पक्राउ परेका महन्तलाई आज सार्वजनिक गरियो 

बुधबार पक्राउ परेका महन्तलाई आज सार्वजनिक गरियो 

जनकपुर । जग्गा कीर्ते जालसाजी गरेर बेचेको अभियोगमा पक्राउ परेका रत्नसागर मठका महन्त  बैकुण्ठ दास वैष्णलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो ।

 

 

 

उनीमाथि जनकपुरधामको संस्कृत विद्यालय अन्तर्गत हजारी जनक विद्यापीठको भोग चलनमा रहेको गुठी जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोप  लागेको छ। 

 

 

बुधबार काठमाडौंको बागबजारबाट पक्राउ परेका उनलाई प्रहरीले ्हवाईजहाजमार्फत जनकपुरमा ल्याई सार्वजनिक गरेको हो । 


जनकपुरधाम ८ स्थित गुठीको जग्गाको नक्कली जग्गा धनी दर्ता श्रेस्ता बनाई आफ्नो हो भनी बेचेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ८ मा रहेको दुई कित्ता जग्गाको स्वामित्व आफ्नो नाममा गराउन सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोग लागेका अशोक शर्माको बयानका आधारमा बैकुण्ठ दासलाई पक्राउ गरेको हो ।शर्मा पनि हाल प्रहरी हिरासतमा छन् ।

 

 

 

त्यसलगत्तै महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो । वारेन्ट जारी भएको एक सातापछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।  प्रहरीका अनुसार महन्थ बैकुण्ठ दासलाई काठमाडौं बागबजारको होटेल तिरुपतिबाट पक्राउ गरिएको हो ।  प्रहरीले अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान हुने बताएको छ । 

विशेष