राजनीति

प्रकाण्डको आरोप– सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो 

प्रकाण्डको आरोप– सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो 

कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टीले कालिकोटमा बुधबार शक्ति प्रदर्शन गरेको छ ।

 

नेकपा कालिकोटद्वारा बुधबार आयोजित जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

 

जनसभालाई सम्बोधन गर्दै नेकपा पार्टी प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले मुलुकमा रहेका भ्रष्टाचारी र बलात्कारी नेकपाको प्रमूख निशानीमा रहेको बताए ।

 

उनले भने, ‘अहिलेको सरकार र सिंहदरबार बलात्कारी र भ्रष्टाचारी संरक्षण गर्ने अड्डा हो । हाम्रो पहिलो निशाना नै भ्रष्टाचार र बलात्कारी हुन् । सरकारले कारबाही गर्न नसकेका अपराधीहरुलाई अब नेकपाले जनताको सहयोगमा कारबाही गर्छ ।’

 

उनले भ्रष्टाचारी र बलात्कारी संरक्षण गर्ने तप्काको दिनगन्ती सुरु भएको भन्दै चेतावनी पनि दिए ।

 

दुई तिहाइ सरकारले गरेका हरेक गतिबिधि जनताबाट बहिस्कृत भएको र सरकारले ९ महिनाको अवधीमा एउटा पनि जनहितमा काम गर्न नसकेको प्रकाण्डको दावी थियो । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

नेत्रविक्रम चन्द ‘विप्लव’ कम्युनिस्ट पार्टी खड्गबहादुर बिश्वकर्मा प्रकाण्ड

विशेष