मुख्य समाचार देश

पूर्वमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

पूर्वमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । बाँकेको सिक्टा सिंचाई आयोजनामा भएको अनियमितता मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगले शुक्रबार पूर्वमन्त्रीसमेत रहेका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


 
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पाण्डेसहित कन्सल्टेन्ट उद्धवराज चौलागाई, चार आयोजना प्रमुख रमेश बस्नेत, दीलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलगायत २१ जनाविरुद्ध मुद्दा दायर भएको हो । 

 

 

कालिका कन्स्ट्रक्सले बनाएको सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहर परीक्षणक्रममा भत्किएको थियो । मन्त्री पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ । 

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ र ऐनको दफा २३ बमोजिमको कसुरमा दफा ८ को उपदफा ४ बमोजिम सजाय माग गरेको छ ।

विशेष