राजनीति

मन्त्रीलाई घरैघर, सांसदलाई डेरा छैन

मन्त्रीलाई घरैघर, सांसदलाई डेरा छैन

काठमाडौं । सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ । तर, सरकार संसाद आवास भवन भने छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ ।

 

मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ । 

 

संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ ।

 

हामीले एक महिना भयो कोठा पाएका छैनौँ । छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौँ । काठमाडौंमै यस्तो छ भने गाउँ गाउँमा के होला ? 

 

उनले दलित शब्द नै हटाउन आग्रह गरिन् । भनिन्, हामी दलित होईनौँ, शिल्पी हौँ । यो विषयमा त्यसपछि केहि दिन सदनमा चर्चा भयो ।


 
भैँसेपाटीमा सांसद आवास बनाउन संसद् सचिवालयको नाममा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा आवस बनाउनुपर्नेमा सरकार र संघीय संसदका पदाधिकारीबीच छलफलसमेत भयो । छलफलमै सिमित भयो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

मन्त्री सांसद

विशेष