मुख्य समाचार देश

 भारतका लागि निलाम्बार आचार्य सहित प्रस्तावित चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

 भारतका लागि निलाम्बार आचार्य सहित प्रस्तावित चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं । आइतबार सरकारले विभिन्न चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाटअनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।

 

 

राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो ।

 

सुनुवाइ समिति बैठकमा प्रस्तावित चारैजना राजदूतको सुनुवाइ भएको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरुलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

विशेष