परिवार दलका अध्यक्ष ढकाललाई सुरक्षा थ्रेट

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले आफूलाई सुरक्षा थ्रेट भएको भन्दै आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
गृह मन्त्रालय तथा गृहसचिवलाई सम्बोधन गरी नेपाल परिवार दलका तर्फबाट ढकालले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी मागेका हुन् ।
मंसिर १९ गते लेखिएको सो पत्रअनुसार असुरक्षित महसुस भएको भएका कारण आवश्यक सुरक्षा व्यवस्थाका लागि मन्त्रालयसँग आग्रह गरिएको हो । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।
एकनाथ ढकाल नेपाल परिवार दल सुरक्षा थ्रेट