राजनीति

प्रजातन्त्रका सेनानी साउदेनको निधन

प्रजातन्त्रका सेनानी साउदेनको निधन

पशुपतिनगर ।  प्रजातन्त्रका सेनानी तथा नेपाली काङ्ग्रेसका पाका नेता चक्रबहादुर साउदेनको गए राति निधन भएको छ । लामो समय राजनीतिमा रहेर समाजसेवामा सक्रिय रहेका सन्दकपुर गाउँपालिकास्थित सुलुबुङ निवासी इलाम जिल्लाका पूर्वउपसभापतिसमेत रहेका साउदेनको ८० वर्षको उमेरमा निधन भएको हो । 

 

 

पूर्वगाविस अध्यक्ष तथा नेपाली काङ्ग्र्रेसका पूर्वजिल्ला उपसभापति साउदेनलाई नेपाली काङ्ग्रेसले शनिबार उनकै घरमा सम्मान गरेको थियो । १९९५ सालमा जन्मिएका साउदेन लामो समय राजनीति र समाजसेवामा सक्रिय रहेपछि पछिल्लो समय विरामीले थलिएर घरैमा विश्राम लिइरहेका थिए । 
 

 

इलामको विकासका निम्ति योगदान गरेका साउदेनको निधनले इलामबासी दुःखी भएका छन् । 
२०४९ सालमा जिल्ला उपसभापति हुनुभएका साउदेन २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुलुबुङ गाविसका अध्यक्ष थिए  ।

विशेष