राजनीति

लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छः नेता कोइराला

लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छः नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे ।

 

उनले कांग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताए । “नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उनले भने । उनले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे ।  

डा. शेखर कोइराला

विशेष