विचित्र विश्व

पशुपतिका बाँदरलाई केरा खुवाउँदै साझाका अध्यक्ष शर्मा

पशुपतिका बाँदरलाई केरा खुवाउँदै साझाका अध्यक्ष शर्मा

काठमाडौ । मानिसले आत्मसन्तुष्टिका लागि पूजा–हवन गर्छन भने कोहीले एकान्तमा गएर ध्यान गर्छन । कसैले भोका गरिवलाई खाना खुवाउने गर्दछन् ।

 

त्यस्तै, पशुपतिमा आएका दर्शनार्थीहरुले आत्मसन्तुष्टि प्राप्तिका लागि परेवालाई चारा हाल्ने गरेको देखिन्छ । माग्न बसेका मानिसहरुलाई दान दिएको देखिन्छ । कतिले पशुपति नजिक रहेको वृद्धा आश्रमका वयोवृद्धाहरुलाई खाना खुवाउने पनि गर्दछन् ।

 

तर साझा प्रकाशनका अध्यक्षले डोलेन्द्रप्रसाद शर्माले आत्मसन्तुष्टिका लागि बाँदरलाई केरा खुवाएका छन् । एकाविहानै पशुपति मन्दिरमा पुगेर शर्माले बाँदरलाई केरा खुवाएका हुन् ।


उनले आफ्नो फोटोसहित फेसबुक स्ट्याटस लेख्दै पशुपतिका बाँदरलाई केरा खुवाउँदा बेग्लै अनुभूति भएको उल्लेख गरेका छन् । बाँदरले पनि खुब मनलागेर केरा खाएको तस्बिर आफ्नो तस्बिरको साथैमा पोस्ट गरेका छन् ।

विशेष