राजनीति

वैदेशिक लगानीका विषयमा स्पष्ट नीति बनाउन जरूरी

वैदेशिक लगानीका विषयमा स्पष्ट नीति बनाउन जरूरी

भरतपुर । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारले वैदेशिक लगानीका बारेमा प्राथमिकताका आधारमा राज्यले स्पष्ट नीति बनाउनु पर्ने बताएका छन्। नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विदेशबाट आऊने लगानीका प्राथमिक क्षेत्र निर्धारण गर्नुपर्ने बताएका हुन् ।

 

'विश्वव्यापिकरणको यो समयमा हामिलाइ कतिपय क्षेत्रमा वैदेशिक लगानि आवश्यक पर्छ ।' उनले भने, 'तर कुन कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ । नत्र यसले आम उध्यमी र जनता नै विस्थापित हुने ख़तरा बढ़छ ।' अण्डा उत्पादक व्यवशायीहरूले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकोले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

 

अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतंत्र तर्फ अघि बढन सक्ने बताए। यसका लागि राज्यको चरित्र जनपक्षीय हुनुपर्ने उनले बताए । 'बिडंबना, राज्यले किसानको पक्षमा काम गर्न सकेको छैन, कतिपय अवस्थामा त राज्यका नीतिहारू नै किसानलाई समस्यामा पार्ने किसिमका पनि छन ।' अध्यक्षले भने, 'कतिपय देशहरूको बजेटको ठूलो हिस्सा किसानलाई अनुदान दिन विनियोजन गरिएको हुंछ, किसानलाई अनुदान दिने, संरक्षण दिने कार्यक्रम हुने गरेका छन । तर हाम्रो राज्यको चरित्र यस्तो हुन सकेन ।'

 

आफूले समृद्द नेपालको सपना देखेको बताऊँद अध्यक्ष प्रचण्डले देशभक्तिपूर्ण भावनाले जनमुखी भएर सबैले काम गर्नुपर्ने बताए । चुनावमार्फ़त जनताले यही समृद्दीको अभियानलाई अनुमोदन गरेकोले अब बन्ने सरकारले कृषि लगायतका क्षेत्रमा आम किसान, व्यवशायीहरूको बृहत्तर हितका पक्षमा काम गर्ने उनकाे जिकिर थियाे । जनताको पक्षमा काम गर्ने सरकार बनेको अवस्थामा वैदेशिक लगानीदेखी अनुदानसम्मका बिषयमा जनमुखी नीतिको व्यवस्था गर्न सकिने प्रचण्डले विश्वास व्यक्त गरे ।

 

कार्यक्रमका वक़्ताहरूले नेपाल कुखरा र अण्डा उत्पादनमा आत्मनिर्भर भए पनि राज्यका तर्फबाट उचित नीतिसहित सहयोगका लागी अध्यक्षसमक्ष माँग गरेका थिए ।

विशेष