प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पक्का
कास्की । प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेतामा पृथ्वी सुव्वा गुरुङ सर्वसम्मत भएका छन् ।
यसअघि यो प्रदेशमा संसदीय दलको नेताका लागि सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङले दावी गरेपनि आइतबार निर्वाचन पृथ्वी सुव्वाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
दलको नेताका लागि उम्मेदवारी दर्ताका लागि आइतबार दिउँसो सवा १ बजेसम्मको समय तोकिएको थियो । तोकिएको समयमा किरण गुरुङले उम्मेदवारी नदिएकाले पृथ्वी सुव्वा दलको नेतामा निर्वाचित भएका हुन् ।
संसदीय दलको नेता नै मुख्यमन्त्री हुनेभएपछि अब प्रदेश चारको मुख्यमन्त्री पनि गुरुङ नै हुने पक्का भएको छ ।
पृथ्वीसँगै एमालेका ४ जना प्रदेश १ मा शेरधन राई, ३ मा डोरमणी पौडेल, ४ मा पृथ्वी सुव्वा गुरुङ र ५ मा शंकर पोखरेल संसदीय दलको नेता छानिएका छन् ।