राजनीति

३ नम्बर प्रदेशको उपसभामुखमा राधिका निर्विरोध

३ नम्बर प्रदेशको उपसभामुखमा राधिका निर्विरोध

प्रदेश नं ३ प्रदेशसभा उपसभामुखका लागि प्रदेशसभा सदस्य राधिका तामाङको एकमात्र उम्मेदवारी दर्ता भएको छ ।

 

उपसभामुख पदको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तानले समर्थन गरेका थिए ।

 

नुवाकोट १ क बाट प्रदेशसभामा निर्वाचित ३४ वर्षीय तामाङ शिवपुरी गाउँपालिका–३ की हुन् । पार्टीका केन्द्रीय सदस्य एवं पूर्व कृषि राज्यमन्त्री तामाङ सशस्त्र युद्धकालका बेला नुवाकोट जनसरकार प्रमुख थिइन् ।

 

यसैबीच आज अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकपूर्व निर्विरोध निर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई संसद् सचिवालयमा शपथ गराइने प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले बताए । प्रदेश नं ३, प्रदेशसभामा कूल ११० सदस्य छन् । रासस

विशेष