सरकारद्धारा राष्ट्रियसभा सांसदमा ३ जनाको नाम सिफारिस
काठमाडाैं । राष्ट्रिय सभाका लागि तीन जना सांसद वर्तमान सरकारले चयन गर्ने कि आउने सरकारले भन्ने विषयमा लामो समयदेखि दलहरुबीच चलिरहेको रस्साकस्सीले ओझिएको छ ।
सरकाले तीन जना राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् ।
बस्नेत कांग्रेसकाे झापा जिल्ला पूर्व सभापति हुन्र भने पाैडेल कांग्रेसकै पार्टी केन्द्रीय कार्यालय सदस्य हुन् ।
सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् । जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना राष्ट्रपतिद्धारा मनोनित हुने व्यवस्था छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।