राजनीति

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा

काठमाडाैं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणका लागि काठमाडौंमा अाएकी छन् । उनी सवाहर विमान अपरान्ह ४.१५ मा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

 

स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार लगायत भारतीय अधिकारी छन् । विदेशमन्त्री स्वराजको स्वागत गर्न अर्थराज्यमन्त्री उदय शमशेर राणा त्रिभुवन विमानस्थल पुगेका थिए।

 

दुई दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्ने छन् । उनको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बेलुका होटल सोल्टीमा रात्रीभोजको आयोजना गर्दैछन्।

विशेष