राजनीति

हारेपछि अष्टलक्ष्मीको आक्रोशः म पनि हेरौंला, कसरी काम गर्नुहुँदो रहेछ

मूख्यमन्त्री पौडेल र पार्टी अध्यक्ष ओलीलाई अष्टलक्ष्मी शाक्यको चुनौती

हारेपछि अष्टलक्ष्मीको आक्रोशः म पनि हेरौंला, कसरी काम गर्नुहुँदो रहेछ

काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य प्रदेश नम्बर ३ को मूख्यमन्त्री बन्ने पक्कापक्की थियो । अचानक आन्तरिक प्रष्तिष्पर्धामै हार ब्यहोरेपछि उनले पार्टी अध्यक्ष केपी ओलीकै गुटबन्दीका कारण हार्नुपरेको बताउन थालेकी छन् ।

 

उनलाई ५ मतले हराउँदै हेटौँडाका डोरमणि पौडेल मूख्यमन्त्री बने । अष्टलक्ष्मी शाक्यले भने पार्टी अध्यक्ष केपी ओलीसँग चुनावअघि नै सल्लाह गर्दा सहयोग गर्ने बताए तर चुनावमा गुटबन्दी गरेर हराएको आरोप लगाएकी हुन् ।

 

यससँगै उनले नयाँ मूख्यमन्त्री पौडेल र पार्टी अध्यक्ष ओलीलाई ‘हेरौँला कसरी काम गर्नुहुँदो रहेछ ।’ भनी चुनौती समेत दिएकी छन् । हारपछि केही मिडियामा उनले यस्तो बताएकी हुन् ।

 

त्यसो त, नेकपा एमाले प्रदेश नम्बर ३ को संयोजक शाक्य नै हुन् । प्रदेश सरकार चलाउने क्रममा मूख्यमन्त्री तथा पार्टी अध्यक्षले समेत प्रदेश संयोजकसँग सल्लाह र परामर्श गरेरै अघि बढ्नुपर्ने हुन्छ ।

 

मूख्यमन्त्रीले मन्त्री नियुक्ति तथा अन्य कामका लागि प्रदेशसँग समन्वय गर्नुपर्ने हुन्छ । शाक्यले भने पौडेललाई काम गर्न असहज अवस्था बनाउने आशयका साथ अभिव्यक्ति दिएकी छन् ।

 

उनले भनिन्, ‘प्रदेशसभामा धेरै पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरु आउनुभएको छ, जसलाई मेरो अण्डरमा मन्त्री भएर काम गर्न सजिलो हुने थियो । अब त्यो कुरा त रहेन । उहाँले कसरी चलाउनुहुन्छ म पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ, प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला ।’

 

विशेष