विचित्र विश्व

के तपार्इंलार्इ थाहा छ ताज महल सम्बन्धि यी ७ रहस्यहरू

के तपार्इंलार्इ थाहा छ ताज महल सम्बन्धि यी ७ रहस्यहरू

एजेन्सी । दुनियाँका मानव निर्मित आश्चर्य मध्ये एक हो ताजमहल । जसलाई प्रेमको प्रतिकका रुपमा लिइन्छ । मुगल सम्राटले आफ्नो रानीको नाममा बनाउन लगाएको भनिए केही भारतीय इतिहासकारहरुले भने ताजमहललाई मुगल सम्राटले बनाएको नभई उनी भन्दा अघि नै ताजमहल भएको र उनले पुर्ननिमार्ण गरेर इस्लामिक भंगीमा उतारेको मात्र बताउने गरेका छन् । आज तिनै ताजमहलमा प्रत्येक वर्ष करिव एक करोड पर्यटकहरु घुम्न जान्छन् । ताजमहलको इतिहासका बारेमा धेरैलाई सत्यकुरा थाहा नहुन सक्छ ।

 

यी हुन् ताजमहलको ७ रहस्यहरुः

१. ताज महल बनाउन २० हजार मजदुरलाई २० वर्ष लागेको थियो ।

२. भारतमा व्रिटिसले शासन गर्ने बेला मुख्य स्मारकको गेस्ट रुम भाडामा दिइएको थियो त्यहाँ नवविवाहित जोडिले सुहागरात मनाउने गरेका थिए ।

३. ताजमहलभित्र एउटा रोयल गेट छ, जहाँबाट अगाडि बढेर हेर्दा ताजमहल ठूलो हुँदै जान्छ र पाइला पछाडि सार्दा ताजमहल क्रमशः सानो हुँदै जान्छ ।

४. मुगल संम्राट र उनकी महारानी मुमताजले खाना खानुभन्दा अगाडि जाँच गर्ने एउटा साम्रगी थियो । जहाँ खाना राखेर परिक्षण गरेपछि मात्र उनीहरुले खान्थे । उक्त भाँडा आजपनि संग्राहलयमा राखिएको छ ।

५. ताजमहल पुरै सिंहमरमरले बनेको छ र यसमा ठडिएका धरहराहरु थोरै झुकेका छन् ।

६. ताजमहल परिसरमा ६ वटा चिहान राखिएको छ । ति चिहानहरु सम्राट र मुमताजसँगै उनका ४ नोकर र नोकर्नीहरुका समेत हुन् ।

७. ताजमहलमा पर्यटकहरु घुम्न जाँदा एउटा कफिन देखाइन्छ । जुन नक्कली हो ।

विशेष