विचित्र विश्व

संसारकै सर्वाधिक धनी कुखुरो, जससँग अमेरिकी नागरिकभन्दा बढी सम्पत्ति छ

अचम्मको बेलायती कुखुरोको कथा

संसारकै सर्वाधिक धनी कुखुरो, जससँग अमेरिकी नागरिकभन्दा बढी सम्पत्ति छ

बेलायतमा यस्तो कुखुरा छ, जुन कुखुराको सम्पत्ती एक करोड अमेरिकी डलर रहेको छ । याे कुखुराेकाे सम्पत्ति कयाैँ अमेरिकी नागरिककाे भन्दा धेरै रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

 

गिगु नाम गरेको उक्त कुखुराको जीवनशैली पनि कुनै राजाको भन्दा कम छैन् । कुखुरा सुनको ओछ्यानमा सुत्ने, महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र नोकरचाकरको स्याहारसुसारमा रहने गर्दछ । 

 

यस कुखुरालाई कसैले साधारण कुखुरा भनेर काटेर खान सक्दैनन् । किनकि यसको सुरक्षामा बडीगार्डसमेत तैनाथ छन् ।

 

गिगुको मालिक बेलायतका धनाढ्य माइल्स ब्ल्याकवेल थिए । जसको सन् २००२ मा मृत्यु भइसकेको छ । गिगुको मालिकको मृत्यु भएको तीन साता पछि उनको मालिकनीको पनि मृत्यु भएको थियो ।

 

मृत्यु अघि नै ति धनाढ्य श्रीमान् श्रीमतीले गिगुको नाममा ट्रस्ट खोलेर सम्पत्ती दान गरेका थिए । त्यही सम्पत्तीमा अहिले गिगु विलासी जीवन बिताइरहेको छ ।

विशेष