विचित्र विश्व

तस्बिरमा हेर्नुहाेस् बिएमडब्लुकाे दुर्घटना नहुने माेटरबाइक (फोटोफिचर)

तस्बिरमा हेर्नुहाेस् बिएमडब्लुकाे दुर्घटना नहुने माेटरबाइक (फोटोफिचर)

बिएमडब्लुले नयाँ मोटरबाइक बजारमा ल्याएको छ । संसारलाई चकित पार्दै जर्मन अटो मेकर बिएमडब्लुले दुर्घटना नहुने बाइक बजारमा ल्याएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । 

bmw-bike-2

बढ्दो सवारी दुर्घटनाका कारण सयौँ मानिसले दैनिक ज्यान गुमाउनु परेको र यसलाई न्यूनिकरण गर्न भन्दै मोटोरैड विजन १०० नामक नयाँ मोटरबाइक बजारमा ल्याएको हो । 

bmw-bike-3 

बिएमडब्लुले यो बाइक दुर्घटना नहुने दाबी गरेको छ । जतिसुकै तिव्र गतिमा बाइक दौडाए पनि दुर्घटना नहुने कम्पनीको दाबी छ । कम्पनीले यो बाइक सडकमा नचिप्लिने र नलड्ने भएकाले दुर्घटना नहुने दाबी गरेको हो । 

bmw-bike-5

जतिसुकै तिव्र गतिमा दौडाए पनि यस बाइकले आफ्नो सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ । बाइक चलाउँदा अनिवार्य रुपमा लगाउनु पर्ने हेलमेटको पनि आवश्यक नरहेको कप्मनीले दाबी गरेको छ । 

bmwi-bike-4 

–एजेन्सी

विशेष