विचित्र विश्व

यी अंङ्गबाट थाहा हुन्छ महिलाहरुको व्यक्तित्वको रहस्य

यी अंङ्गबाट थाहा हुन्छ महिलाहरुको व्यक्तित्वको रहस्य

एजेन्सी । ज्योतिशास्त्र अनुसार महिलाको व्यक्तित्वसँग जोडिएको कैयौँ रहस्य उनीहरुको अङ्गबाट खुल्ने गरेको पाइन्छ । महिलाहरुको कुन अङ्गको राज के छ तः

 

नाभी

ज्योतिषशास्त्र अनुुसार कुनै महिलाको नाभी भित्र पसेको तथा दायाँ तर्फ मोडिएको छ भने यस्तो महिला सौभाग्यवती हुन्छन् । यी महिलाले आफ्नो जीवनसाथीलाई सुख दिने अनुमान गरिएको छ ।

 

पैताला

जुन महिलाको खुट्टाको पैताला मुलायम हुन्छ उनीहरुको जीवन सुखसँग बित्ने गर्दछ । यदि कुनै महिलाको खुट्टाको पैताला फुटेको छ भने उनले जीवनमा दुःख भोग्नु पर्ने हुन्छ ।

 

आँखा

जुन महिलाको आँखाको परेली धेरै हुन्छ उनीहरु अक्सर चलाख हुन्छन् । यस्ता महिलालाई विश्वास गर्न गाह्रो हुन्छ ।

 

कम्मर

जुन महिलाको कम्मर पातलो हुन्छ ती महिला सौभाग्यवती हुन्छन् ।

 

कान

जुन महिलाको कान तथा गालामा तिल या कोठी हुन्छ ति महिलाको पहिलो सन्तान छोरा हुन्छ ।

विशेष