राजनीति

प्रदेश नं ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विराेध निर्वाचित

प्रदेश नं ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विराेध निर्वाचित

धनगढी । प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ ।

 

प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका ज्येष्ठ सांसद दिव्येश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएकाे घोषणा गरे ।

ज्येष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित भएकोमा उनको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिए।

यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराउनुभएको प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावकले प्रस्ताव पेश गर्नु भएपछि नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गरेका थिए । प्रदेशसभाको अर्को बैठक २०७४ फागुन ६ गते दिउँसो १ः०० बजे सम्मका लागि स्थगित गरिएको छ ।

विशेष