गजल

सँधै भरी तिम्रो साथ होस - मेरो जिन्दगी मा
पिरती को मीठा बात होस - मेरो जिन्दगी मा
यस्तो होस हाम्रो माया दुनिया नै मख्ख परून
प्रसंसा मा तिम्रो हात होस - मेरो जिन्दगी मा
टाढा भए नी तिमी र म नजिकता को आभास रहोस
सम्झना मै बित्ने रात होस - मेरो जिन्दगी मा
बाँकी सबै फिक्का लागोस तिम्रो सम्झना मा
प्रेम प्याला को मिठो मात होस - मेरो जिन्दगी मा
प्रेम दीवस हो आज, मेरो एउटै कामना छ
हमिलाइ ढाक्ने एउटै छत होस - मेरो जिन्दगी मा
-प्रदिप दाहाल
Gajal pradip dahal