एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका बारेमा निर्णय गर्न पार्टी एकता संयोजन समितिको बैठक बुधबार(आज) बस्दैछ । दिउँसो दुई बजे पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।
समितिको बैठकबाट पार्टी एकताको स्वरुपका बारेमा टुङ्गो लाग्ने एमाले नेताप्रदीप ज्ञवालीले जानकारी दिए । एकता पछिको पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठन लगायतका विषय आज छलफल हुनेछ ।
पार्टी एकताका बारेमा मंगलबार प्रचण्डसँगको समझदारीपछि एमाले अध्यक्ष ओलीले एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवप्रदीप ज्ञवालीलगायतका नेताहरूसँग सुझाव लिएका थिए ।
एकता संयोजन समितिको बैठकका एजेन्डालाई अन्तिम रूप दिन बुधबार(आज) बिहान पनि दुई अध्यक्षबीच छलफल भएको जनाइएको छ ।
वैचारिक र सैद्धान्तिक विषयमा कार्यदलमार्फत गृहकार्य गर्ने दुई दलबीच समझदारी यसअघि भइसकेको छ ।
एमाले वरिष्ठ नेता झलना थखनाल र माधवकुमार नेपाललाई वरिष्ठ नेताको मर्यादाक्रममा राख्ने, पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीको स्वरूप, प्रदेश, जिल्लादेखि गाउँ तहसम्मको एकताको विधि, भ्रातृ सङ्गठनहरूको एकताको विधि र प्रक्रिया लगायतका विषयमा कार्यदलले गृहकार्य गर्ने भएको छ ।