निर्वाचन आयोगले फागुन अन्त्यलार्इ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समय छुट्यायाे
काठमाडौं । निर्वाचन आयोगले फागुनको अन्त्यसम्ममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा आज आयोगमा राजनीतिक दलका नेताहरूसँग छलफल गरेको निर्वाचन आयोगले जनाएको छ ।
बैठकमा आयोगको तर्फबाट यही फागुन महिनाको अन्त्यसम्म राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएकोमा दलहरूले आयोगको प्रस्तावलाई समर्थन गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारको मनोनयनपत्र दर्ता गरेका उमेदवारहरूलाई निर्वाचन खर्च समयमै बुझाउन आयोगले दलहरूसँग आग्रह पनि गरेको छ ।