सपथ ग्रहणमा पुगेका पण्डित र थापालार्इ अाेलीकाे सरप्राइज
नवनियुक्त प्रधानमन्त्री ओलीले लिए सपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलन निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सपथ गराइन् ।
यसअघि माओवादी केन्द्रको समर्थनसहित आजै एमालेको दाबीपत्र बुझ्दै राष्ट्रपति भण्डारीले ओलीलाई प्रधामन्त्री नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीले सरप्राइज दिँदै प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित (मोरङ) लाई जनसंख्या तथा वातावरण र राष्ट्रियसभाका सदस्य थममाया थापा (म्याग्दी)लाई महिला, बालबालिका र समाजकल्याणमन्त्रीमा नियुक्त गरेका छन् ।
जवकी सानाे अाकारकाे मन्त्री मण्डलमा इश्वरी पाेखरेल र रविन्द्र अधिकारीकाे चर्चा थियाे । अाेलीले सरप्राइज दिँदै पण्डित र थापालार्इ मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीले बिहीबारै शीतल निवासमा आयोजित समारोहमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । पण्डित यसअघि सामान्य प्रशासनमन्त्री भएका थिए ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्रीलगायतको सहभागिता थियो ।
तर, प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने माओवादी केन्द्र भने तत्काल सरकारमा सहभागी नहुने भएको छ ।