राजनीति मुख्य समाचार

प्रधानमन्त्रीमा देउवाकाे अन्तिम म्याद अाज, राष्ट्रको नाममा सम्बाेधन गर्दै राजीनामा दिने

प्रधानमन्त्रीमा देउवाकाे अन्तिम म्याद अाज, राष्ट्रको नाममा सम्बाेधन गर्दै  राजीनामा दिने

काठमाडाै‍ं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका छन् ।

 

 उनले आजनै अन्तिम मन्त्रीपरिषद् बैठक पनि बोलाएका छन् । बिहान ९ बजेका लागि बोलाइएको बैठकमा छलफल भएपछि उनले राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

 

 संविधानविद् डा. विपिन अधिकारीका अनुसार निर्वाचन आयोगले राष्ट्रपति समक्ष निर्वाचनको मत परिणाम बुझाएपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ । 

 

संविधान अनुसार नै नयाँ सरकारलाई मार्ग प्रशस्त गर्न प्रधानमन्त्री देउवाले राजीनामा बुझाउन लागेको हो । निर्वाचन आयोगले गएराति नै राष्ट्रपति समक्ष प्रतिनिधिसभा निर्वाचको अन्तिम मत परिणाम बुझाइसकेको छ । 

विशेष