राजनीति

गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गरिन्छ: कांग्रेस

गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गरिन्छ: कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले नवगठित सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने जनाएको छ ।


संविधान जारी गरेको समयमा दलहरु एक मत भए जस्तै संविधान कार्यान्वयनका समयमा पनि दलहरु एक मत हुनुको विकल्प नभएकाले सरकारले गर्ने राम्रा कामहरुलाई समर्थन गर्ने काँग्रेसले जनाएको हो ।

 

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले गर्ने सकारात्मक र दीर्घका लिन फाईदाका बिषयमा साथ दिने तर देश र जनताका पक्षमा घाटा हुने निर्णयहरुमा विरोध गर्दै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

 

शान्ती, स्थिरता तथा विकास निर्माणका बिषयमा सरकारलाई समर्थन गर्ने उनले बताए ।

विशेष