राजनीति मुख्य समाचार

ओली र प्रचण्डबीच निर्णायक वार्ताको निष्कर्ष यस्तो

ओली र प्रचण्डबीच निर्णायक वार्ताको निष्कर्ष यस्तो

भक्तपुर । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

 

प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आज भएको डेढ घण्टा लामो भेटवार्तामा दुई पार्टीबीच एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

 

भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताबारे छलफल भएको प्रतिक्रिया दिए । उनले भने– पार्टी एकताका विषयमा कुराकानी भएको हो, एकताबारे छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने पहल जारी छ ।

 


पार्टी एकताबारे आजको बैठकमा खासै छलफल नभए पनि भोलि बस्ने भनिएको एकता संयोजन समितिको बैठकले यसबारे टुंगो लगाउने पनि ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 

उनले आजको बैठकलाई भोलि हुने एकता संयोजन समितको बैठकको तयारीको रूपमा समेत बुझ्न आग्रह गरे ।

 


आइतबार बस्ने एकता समिति बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा विस्तृत छलफल हुने र त्यसकै तयारीका लागि पनि दुई पार्टीका अध्यक्षबीच छलफल भएको उनले बताए ।

विशेष