मानिसभन्दा गुडिया धेरै भएको गाउँ
बीबीसी । जापानको एउटा गाउँमा मानिसहरुभन्दा गुडिया धेरै छन् । यो गाउँलाई गुडियाको गाउँ भन्दा फरक नपर्ला ।
नागोरो गाउँको कथा हो । यहाँका गाउँलेहरुमा पनि फरक पीडा छ । ६० वर्षअघि देशका विभिन्न ठाउँबाट सयौँ मानिसहरु यहाँ आएर बसे । तर, अहिले जम्मा २९ जना छन् । जव यहाँ काम पाइन छाडियो, गाउँलेहरुको संख्या निकै घट्यो । युवाहरुले पनि गाउँ छाडे ।
त्यसपछि गुडियाहरु देखा पर्न थाले । अहिले यो गाउँमा मानिसभन्दा धेरै गडिया छन् ।
कसले बनाउँछ त गुडिया ?
आयोनो सुकिमी ६७ वर्षकी भइन् । उनी यहीँ गाउँमा बस्छिन् । उनी गाउँमा रहेका २९ बासिन्दा मध्ये एक हुन् । उनले सुरुमा बीउ रोपिन तर, ती बीउ कहिल्यै उम्रिएनन् । उनले बीउहरु उम्रिने समय कुर्दै गुडिया बनाउन थालिन् ।
यो गाउँमा एउटा प्राथमिक विद्यालय छ, जसको नाम नागारो प्राथमिक विद्यालय हो । विद्यालयका कक्षा कोठामा बालबालिका छैनन् । पाँच वर्षअघि बन्द भयो । तर, विद्यालयका कक्षा कोठाहरु गुडियाले भरिएका छन् । बेन्चमा बालबालिकाजस्तै बसिरहेका देखिन्छन र तिनीहरु अध्ययनका लागि तयार छन् ।
समय वेतित गर्न सुकिमीले विगतका केही वर्गदेखि गुडिया बनाउँदै आएक छिन् । गुडिया बनाउँदा उनले अन्य ठाउँका थुप्रै मानिसहरुसँग भेट्न पाउँछिन् । त्यसलाई उनी खुसी हुन्छिन् र गुडिया बनाएर ठाउँठाउँमा राख्न खुबै मनपराउँछिन् ।