बलात्कार गर्न खोज्ने युवक ‘प्रहरीकै मिलेमतोमा’ फरार
काठमाडौं । उखुबारीमा दिसा गर्न गएकी एक किशोरीलाई जबरजस्तीकरणी गर्न खोज्ने एक युवक प्रहरी नियन्त्रणबाटै फरार भएका छन् । किशोरीलाई उखुबारीमै बलात्कार गर्न खोज्दा किशोरी चिच्याएपछि स्थानीयवासीले भेटेर ती युवकलाई घाइते हुनेगरी कुटपिट गरेका थिए ।
रौतहट गढीमाई नगरपालिका ३ गम्हरिया पर्साटोलकी ती किशोरी आफ्नी बहिनीसँग उखुबारीमा शौच गर्न गएकी थिइन् । शेख इब्रान नाम गरेका २० वर्षीय ती युवक गरुडा नगरपालिका बसबिटी जिगडिया टोलका हुन् । किशोरी शौच गर्न गएको थाहा पाएपछि उनी ती किशोरीको पछि लागि उखुबारी छिरेका थिए ।
घटनाले ठूलो रुप लिएपछि प्रहरी घटनास्थलमा आएको र घाइते अवस्थामा रहेका ती युवकलाई अस्पताल लिएर गएको थियो । तर, ती युवक अस्पतालबाटै फरार भएका छन् । यता स्थानीयले भने प्रहरीकै मिलेमतोमा ती युवक फरार भएको आरोप लगाएका छन् ।
खबर आजको अन्नपूर्णबाट लिइएको हो ।