प्रधानमन्त्री ओली बालुवाटार, देउवा बूढानीलकण्ठ
प्रधानमन्त्री केपी ओली आज बालुवाटारस्थित सरकारी निवासमा सर्दै छन् । ओली आर्इतबार अपराह्न ४ बजे निजी निवास बालकोटबाट प्रधानमन्त्री निवासमा सर्ने जानकारी उनको सचिवालयले दिएको छ ।
प्रधानमन्त्री भएको तीनदिनपछि उनी बालुवाटार सर्न लागेका भएको हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार नै बालुवाटारस्थित सरकारी निवासबाट बूढानीलकण्ठस्थित आफ्नो निजी निवासमा सरिसकेका छन् ।