राजनीति मुख्य समाचार

प्रदेश नं ६ मा आज सरकार विस्तार, एमाले मन्त्री छान्न आन्तरिक गृहकार्यमा

प्रदेश नं ६ मा आज सरकार विस्तार, एमाले मन्त्री छान्न आन्तरिक गृहकार्यमा

काठमाडाै‌ं । प्रदेश नं ६ मा आज सरकार विस्तार हुँदैछ । वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ ।

 

मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज सरकार गठनको तयारी गरेको छन् । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आज मन्त्रीहरुको नियुक्ति गर्ने तयारी रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा (एमाले) को भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय परेको छ ।

 

माओवादी केन्द्रको भागमा परेका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा रुकुमका सांसद विमला केसीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

 

नेकपा (एमाले) ले भने आफ्नो भागमा परेका चारवटा मन्त्रालयका लागि मन्त्री छान्न आन्तरिक गृहकार्य भइरहेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।

विशेष